दार्चुलाको नौगाडमा बादर धपाउन गएका एक पुरूषको भिरबाट लडेर मृत्यु

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा भिरबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ । नाैगाड गाउँपालिका वडा नम्बर १ ईयरकोट सम्पाङ बस्ने ४२ वर्षीय उदय सिंह ठगुन्नाको मकै बारीमा आएका बादर धपाउने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

घर नजिकैको भिरबाट लडेका ठगुन्नाको घटनास्थलमै बुधबार (आज) विहान मृत्यु भएको नौगाडबाट लोकदर्पण समाचारदाता नरेन्द्र सिंह ठगुन्नाले जानकारी दिनुभयो । उदय सिंह ठगुन्नाको मृत्युको खबर स्थानीयले समेत पुष्टि गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?