भारतीय राजदुत नवीन श्रीवास्तवले भोलि दार्चुलामा मोटरेबल पुल र विद्यालय अवलोकन गर्ने

दार्चुला । नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्त नेपालको दार्चुला हुँदै भारतको धारचुला प्रस्थान गर्नुभएको छ । आज भारतको धारचुलामा बास बसेका राजदुत श्रीवास्तवले भोलि दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुल र विभिन्न विद्यालय अवलोकन गर्ने कार्यक्रम छ ।

भारतको लगानीमा महाकाली नगरपालिका वडा नम्बर ८ असिगडा र भारतको छारछुम जोड्ने गरि मोटरेबल पुल निर्माण गरिएको छ । यस्तै भारतीय राजदुतावासको सहयोगमा व्याँसको हिमालय मावि हुती र शैल्यशिखरको गलैनाथ मावि झरकडामा विद्यालय भवन निर्माण भइरहेका छन् । यसअघि पनि भारतीय लगानीमा दार्चुलामा विभिन्न विद्यालय भवन निर्माण गरिएको छ ।

भारतीय लगानीमा बनेका संरचना सिलान्यास, उद्घाटन र अनुगमनका लागि राजदुत वा राजदुतावासका प्रतिनिधि आउने चलन रहेको छ । भोलि राजदुत श्रीवास्तव नेतृत्वको टोलीले दार्चुलामा बनेका पुल र विद्यालय अनुगमन गर्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?