दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना अशक्त व्यक्तिलाई घरमै नागरिकता प्रदान गरिएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ का सुदिप चन्द र माेहन टमटालाई घरमै नागरिकता प्रदान गरिएको हो ।
शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडायत लगायतको उपस्थितिमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञ राज जाेशी नेतृत्वकाे टाेलीले घरमै आएर नागरिकता प्रमाण पत्र हस्तान्तरण गरेकाे बताइएको छ । सुदिप चन्द र माेहन टमटा जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकता प्राप्त गर्न नसक्ने अवस्थामा रहेको तथा शारीरिक रूपमा अशक्त अपांग रहेकोले नगरपालिकाको समन्वयमा घरमै नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया