दुर्गादत्त मिश्र, दार्चुला । निजामती सेवा दिवसको अवसरमा सरकारले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद सहित देशभरबाट ४० जना कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जनालाई र निजामती सेवा पुरस्कारबाट ३० जना गरी ४० जनालाई सरकारले पुरस्कृत गर्ने भएको हो ।
शनिवार (आज) सिंहदरबार परिसरमा आयोजना हुने निजामती सेवा दिवस समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको कर्मचारीहरुलाई पुरस्कृत गर्ने बताइएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी साउँद निजामती सेवा पुरस्कारबाट ५० हजार रुपैयाँ सहित सम्मानित हुने भएका छन् ।
यस्तै देशभरबाट १० जना कर्मचारी उत्कृष्ट निजामती सेवा पुरस्कारबाट एक लाख रुपैयाँ नगद सहित तथा अन्य ३० जना निजामती सेवा पुरस्कारबाट ५० हजार रुपैयाँ सहित पुरस्कृत हुने बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया