दार्चुला । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को ९ औं जिल्ला सम्मेलन दार्चुला सदरमुकाम खलंगामा सम्पन्न भएको छ । अनेरास्ववियु (क्रान्तिकारी) का तत्कालिन जिल्ला कमिटी अध्यक्ष नविन बिष्टको अध्यक्षता तथा नेकपा (माओबादी केन्द्र) का नेता लक्ष्मणदत्त जोशीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको सम्मेलन नयाँ कमिटी चयन गर्दै सम्पन्न भएको हो ।
सम्मेलनबाट राजेन्द्र रावलको अध्यक्षतामा विजय प्रकाश धामी उपाध्यक्ष, नवराज भट्ट सचिव, गीता भट्ट सहसचिव र सलिना ठगुन्ना कोषाध्यक्ष रहने गरी ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको निवर्तमान जिल्ला अध्यष नविन बिष्टले बताउनुभयो । कार्यक्रममा माओबादी केन्द्र दार्चुलाका नेताहरु र अनेरास्ववियु (क्रान्तिकारी) का नेताहरुको आतिथ्यता रहेको थियो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया