दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा भिरबाट खसेर एक जनाको ज्यान गएको छ । जिल्लाको लेकम गाउँपालिका–६ सिरोडाका ५६ वर्षीय ठगी सिंह खत्रीको सोमबार (आज) दिउँसो स्थानीय गोठिउडी भिरबाट लडेर घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय रिठाचौपाताका प्रमुख नन्दराज बडूले जानाकारी दिनुभयो ।
मृतक खत्री बाख्रा चराउन विहान घरबाट गएको बताइएको छ । दिउँसो भिरबाट लडेर तीन सय मिटर तल खस्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया