प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औँ जन्मजयन्ती लेकममा पनी मनाइयो

दार्चुला । नेपालको राजनीति र साहित्यमा पुर्याएको योगदानको कदर गर्दै नेपाली कांग्रेस लेकम गाउँ कार्यसमितिले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११ औँ जन्मजयन्तीको अवसरमा एक कार्यक्रम गरि श्रद्धासुमन व्यक्त गरेको छ ।

नेपाली कांग्रेस लेकम गाउँसमिति सभापती कमलापती मिश्रको अध्यक्षता ६ वटै वडाका वडा सभापतीहरु, लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, निर्वतमान गाउँपालिका अध्यक्ष परमानन्द जोशी, लेकमभित्रका कांग्रेसका नेता, कार्यकर्ता लगायत सरोकारवालाहरुको उपस्थितिमा कोइरालाले नेपाली राजनीति र साहित्यमा दिएको योगदानको कदर गर्दै श्रद्धासुमन व्यक्त गरेको नेवी संघ लेकम समन्वय समिति संयोजक कृष्ण देब जोशीले जानकारी दिनुभयो ।

साथै उक्त भेलाबाट पार्टीको लेवी तथा क्रियाशील सदस्यता वितरण तथा नविकरण गर्ने लगायतका निर्णय गरिएको छ । यस्तै नेपाली कांग्रेसले जिल्ला सदरमुकाममा भदौ ३० र असोज १ गते आयोजना गर्ने क्षेत्रीय सम्मेलन र प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउने निर्णय गरिएको नेताहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?