दार्चुला । दार्चुलाको गोकुलेश्वरबाट सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जीप मालिकार्जुन गाउँपालिका ७ धामीगडामा दुर्घटना हुदा १० जना घाइते हुनुभएको छ ।
घाइते हुनेमा मालिकार्जुन गाउँपालिका – ७ थक्तोलीकी ४९ बर्षीया मानमती जोशी, नौगाड गाउँपालिका ६ रैँचुका ३४ बर्षीया धनजीत धामी र उनकी ९ बर्षकी छोरी सुन्तली धामी, शैल्यशिखर नगरपालिका ९ नायलकी ४५ बर्षीया राधा पार्की, उनका १४ बर्षीय छोरा आकाश पार्की र २० बर्षीया छोरा सुशील पार्की घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यस्तै सोहि गाडीमा सवार भारतको धार्चुलाका ३४ बर्षीय भुपेन्द्र भट्ट, उनकी ३२ बर्षीया श्रीमती पार्वती भट्ट र ९ बर्षीया छोरी तनुजा भट्ट र ठेगाना नखुलेकि ६५ बर्षीया मानमती ओड समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी क्षत्र बहादुर रावतले जानकारी दिनुभयो ।
घाइतेमध्ये नौँ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको र एक जना उपचारपछि फिर्ता भइसकेको बताइएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
जीप सडकबाट चिप्लिएर पल्टिदा दुर्घटना भएको बताइएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया