दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा एक किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छन। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर–९ गोकुलेश्वर स्थित बासु देब जोशी को घरमा कोठा गरी बस्दै आएकि नौगाड गाउँपालिका–३ कि १९ वर्षीया किशोरी बबिता ठगुन्ना सुत्ने कोठाको पंखामा झुण्डिएको अवस्थामा मंगलवार (आज) विहान मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
मृत्तक किशोरी बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पसमा अध्ययनरत रहेको र आफन्तको बच्चाको हेरचाह गर्न गोकुलेश्वरमा कोठा भाडामा लिएर बस्दै आएको बुझिएको छ ।
अहिले मृत्तकका आफन्तहरु आएको र शवको पोष्टमाष्टमको तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया