शैल्यशिखरको प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा अधिकृत आठौँ सुरेन्द्र बिष्टलाई

दार्चुला । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दार्चुलाको शैल्यशिखर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी  सुरेन्द्र बहादुर बिष्टलाइ दिएको छ ।

कार्यालयको भाद्र २८ गतेको पत्रअनुसार शिक्षा सेवा, प्रशासन समूह, अधिकृत आठौँ तहमा कार्यरत बिष्टलाई स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाएसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य सम्पादनको जिम्मेवारी दिइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत केशबराज पार्धेले जानकारी दिनुभयो ।

यसअघि दार्चुला जिल्ला समन्वय अधिकारी एंव शैल्यशिखर नगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शेरबहादुर बुढाको कञ्चनपुर जिल्ला समन्वय समितिमा सरुवा भएपछि शैल्यशिखर नगरपालिका प्रशासकिय अधिकृत विहिन रहेको थियो । विष्टले अख्तियारी पाएसंगै आर्थिक, प्रशासनिक सेवा सुचारू हुने भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?