दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनुभएका शिक्षा अधिकृत आठौं सुरेन्द्र बहादुर बिष्टले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार (आज) एक कार्यक्रमको आयोजना गरि पदवहाली तथा स्वागत कार्यक्रम आयोजना गरिएको शैल्यशिखर नगरपालिकाका प्रवक्ता भरतबहादुर खडायतले बताउनुभयो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भाद्र २८ गते पठाएको पत्रअनुसार शिक्षा सेवा, प्रशासन समूह, अधिकृत आठौँ तहमा कार्यरत बिष्टलाई स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाएसम्म वा अर्को व्यवस्था नभएसम्म कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य सम्पादनको जिम्मेवारी दिइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत केशबराज पार्धेले जानकारी दिनुभयो ।
यसअघि दार्चुला जिल्ला समन्वय अधिकारी एंव शैल्यशिखर नगरपालिकाको प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका शेरबहादुर बुढाको कञ्चनपुर जिल्ला समन्वय समितिमा सरुवा भएपछि शैल्यशिखर नगरपालिका प्रशासकिय अधिकृत विहिन रहेको थियो । विष्टले अख्तियारी पाएसंगै आर्थिक, प्रशासनिक सेवा सुचारू हुने भएको छ ।
पदभार ग्रहण गर्दै अधिकृत बिष्टले आफू जिम्मेवारीमा रहदा सरोकारवाला सबैसँग सल्लाह गरेर नगरपालिकाको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पदवहाली तथा स्वागत कार्यक्रममा शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिंह धामी, उपप्रमुख शान्ति खडयत लगायत जनप्रतिनिधि, कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीहरूले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया