दुर्गादत्त मिश्र, दार्चुला । अनेरास्ववियु दार्चुलाले जिल्ला सदरमुकाम खंलगामा अवस्थित महेन्द्र नमुना मावि खंलगाको छात्रावासमा बस्ने विद्यार्थीहरुको व्यवस्थापनको लागि चार हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरेको छ ।
अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रशाद जोशी, उपाध्यक्ष कृष्ण धामी, कोषाध्यक्ष खडक सिंह ठगुन्ना सहितको टोलीले आइतवार (आज) विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
गत वर्ष होली खेलेर निर्माण गरिएको विद्यार्थी छात्रवृत्ति अक्षय कोषबाट छात्रावासमा बस्ने विद्यार्थीहरुको व्यवस्थापनका लागि विद्यालयलाइ चार हजार रुपैयाँ हस्तान्तरण गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रशाद जोशीले जानकारी दिनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया