दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा ५ लाख बढीको भन्सार छलीको सामग्री बरामद गरिएको छ ।
प्रहरी चौकी सितापुल र सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको सयुक्त टोलीले सोमवार (आज) ब्याँस गाउँपालिका–१ छाङ्गरुस्थित महाकाली नदी किनारबाट ५ लाख ८२ हजार २ सय मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।
भारतबाट भन्सार छली ल्याएका मिश्री, गुड, नरिवल, बिस्कुट, सलाई, बेसार, धुलो खुर्सानी, झोला, त्रिपाल लगायतका समानहरु छाङ्गरुस्थित महाकाली नदी किनारबाटै बरामद गरी जिल्ला भन्सार कार्यालय दार्चुला ल्याइएको प्रहरी निरीक्षक जोशीले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया