दार्चुलाका डिएसपी शिव बहादुर सिंहको सरुवा

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाडौँ सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार (हिजो) दार्चुलाका डिएसपी सिंहसहित देशभरका १ सय ४३ जना डिएसपीहरुको सरुवा गरेको हो । २०८० भदौ महिनाबाट दार्चुला डिएसपीको जिम्मेवारी सम्हालेका सिंहले दार्चुलामा शान्ति सुरक्षा, लागू औषध दुव्र्यसन नियन्त्रण र कार्वाही, गुण्डागर्दी, चोरी, लुटपाट नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

कार्यालयले दार्चुलाको नयाँ  प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) को रुपमा नेपाल प्रहरी प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा बनेपा, काभ्रेपलाञ्चोकमा कार्यरत प्रकाश दाहाललाई खटाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?