दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा जीप दुर्घटना हुदा तीन जना घाईते हुनुभएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर– ५ ओखडानीमा बुधवार (आज) बगौराबाट सेत्कला तर्फ जादै गरेको सिद्धु रावलले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ज १५९४ नम्बरको बोलेरो जीप ओखडानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

जीपमा सवार शैल्यशिखर–४ रातापानी (मल्लो सेतकलाका) २४ वर्षीय हरिश धामी २१ वर्षिय मोहन सिह धामी र ३९ वर्षीय दान सिंह ठगुन्ना घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

घाइते तीनै जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले  जनाएको छ । जीपमा १४ जना यात्रु सवार रहेको र  सडकबाट १० मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?