दुर्गादत्त मिश्र, दार्चुला । नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दिपावली तथा छठ पर्वको अवसरमा अनेरास्ववियु जिल्ला कमिटी दार्चुलाको आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम जिल्ला सदरमुकाम खंलगामा सम्पन्न भएको छ ।
अनेरास्ववियु जिल्ला अध्यक्ष नरेन्द्र प्रसाद जोशीको अध्यक्षतामा रहेको कार्यक्रममा नेकपा एमाले पोलिटव्यूरो सदस्य पूर्वमन्त्री गणेशसिह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेव जोशी, प्रदेश कमिटी सदस्य एवं मालिकार्जुन गाउपालिका अध्यक्ष हिराससिह धामी, प्रेमसिह धामी, उमेशसिह खत्री, एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, उपसचिव कर्ण बहादुर खडायत, निर्वतमान पार्टी उपाध्यक्ष चरन बुढाथोकी, जिल्ला कमिटी सदस्य खेमराज जोशी, विद्यार्थी इन्चार्ज गोविन्दसिह धामी तथा नेविसंघका नेता दिपक खाती लगायत सरोकारवालाहरुको उपस्थिति एंव आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्देै दार्चुला जिल्ला इन्चार्ज समेत रहेका नेता ठगुन्नाले नेपालीजनहरुमा शुभकामना ब्यक्त गर्दै, खुशी नेपाली र सम्बृद्द नेपालको परिकल्पना पूरा गर्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया