दुर्गादत्त मिश्र, दार्चुला । राष्ट्रिय युवा संघ नेपाल दार्चुलाले अरिङ्गालको टोकाईबाट गम्भिर घाईते भएका दुहुँ गाउँपालिका वडा नम्बर–४ का १४ वर्षीय ईन्द्रबहादुर बमलाई यातायात तथा उपचारमा आर्थिक सहयोग गरेको छ ।
अरिङ्गालको टोकाईबाट घाईते भइ उपचारका लागि जिल्ला अस्पताल पुगेका बमलाई थप उपचारका लागि धनगढी पठाउनुपर्ने डाक्टरको सुझाव अनुसार युवा संघ नेपाल दार्चुलाको पहलमा आईतवार (आज) निशुल्क रुपमा मालिकार्जुन गाउँपालिकाको एम्बुलेन्स तथा नगद ८ हजार सहयोग सहित उपचारको लागि धनगढी पठाइएको राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका अध्यक्ष मुकेश पालले जानकारी दिनुभयो ।
यस्तै बमलाई एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती लगायत नेताहरुले पनी आर्थिक सहयोग गरेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया