बाढीपहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या १ सय ९२ पुग्यो

दार्चुला । अविरल वर्षासंगै आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न स्थानहरुमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेहरुको निःशुल्क उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?