दोलखाको तामाकोशी जलविद्युत पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

दार्चुला । दोलखाको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँधस्थलमा रहेको हेडवर्क्समा पहिरोले पुरिएर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ ।

आइतबार साँझ प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले विद्युत् गृहनजिकै क्षतविक्षत अवस्थामा तीन जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । प्रहरीका अनुसार एक जना अझै बेपत्ता रहेका छन् ।

आइतबार साँझ नेपाली सेनाको गरूड गण दोलखामा कार्यरत बैतडीका शंकर चन्द र तामाकोशी जलविद्युत् केन्द्रमा कार्यरत नवलपरासी प्रतापपुरका कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका १ स्यालुका ३० वर्षीय जयराम तामाङको शव भेटिएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो ।

पहिरोमा बेपत्ता नेपाली सेनामा कार्यरत दार्चुलाका नरेन्द्रबहादुर पाल भने अझै बेपत्ता छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिराले विद्युत् सञ्चालन गृह क्षतिग्रस्त बनाएपछि ४ सय ५४ मेगावाटको तामाकोशी विद्युत् केन्द्रको उत्पादन ठप्प भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?