दार्चुलाको तिंकर सडकखण्डमा ढुङ्गा लागेर एक जना गम्भिर घाईते

दुर्गादत्त मिश्र, दार्चुला । सडकमाथिबाट खसेको ढुङ्गा लागेर दार्चुलाको तिंकर सडकमा मजदुरी गर्दै आएका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर–६ का २२ वर्षीय धनप्रसाद डागी गम्भिर घाईते हुनुभएको छ ।

दार्चुला–तिंकर सडकखण्ड अन्र्तरगत ब्याँस गाउँपालिका वडा नं–२ आतुङ्ती क्षेत्रमा आज दिउँसो २ बजेतिर सडक माथीबाट खसेको ढुङ्गा लागेर डागी घाईते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो ।

उहाको शरिरका विभिन्न भागमा गम्भिर चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?