दुर्गादत्त मिश्र, दार्चुला । दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरक्षार्थ खटिदा पहिरोमा परि ज्यान गुमाएका नेपाली सेनामा कार्यरत दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर–४ टकनाका नरेन्द्र बहादुर पालको शव नेपाली सेनाको हेलिकप्टर मार्फत घरमै पुर्याइएको छ ।
दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएका पाल अशोज १२ गतेबाट बेपत्ता भएका थिए ।
उहाको शव हिजो मात्रै भेट्टिएको र मंगलवार (आज) नेपाली सेनाको हेलिकप्टरद्धारा घरमै पुर्याइएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । दोलखाको गरुड दल गणमा कार्यरत पालको निधनले मर्माहित भएको र सेनाको एक टुडकीद्धारा सम्मान प्रकट गर्दै शव घरमा पठाएको गरुड दल गणका गणपती सुरज बस्नेतले बताउनुभयो ।
मृत्तक पालका दुई छोरा श्रिमती,दाई, भाउजू र आमाबुबा रहेको छन् । पालको आगनमै शव आएको देख्दा टकना गाउँ सहित सिंगो दार्चुला शोकमग्न भएको छ ।
दोलखाको गरुड दल गणका सिपाईहरुले अन्तिम टुडकी (सलामी) दिदै

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया