दार्चुलाको तिंकर सडकमा मजदुरी गर्दै आएका डोल्पाका  डागीको मृत्यु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको तिंंकर सडकमा काम गर्ने एक जना मजदुरको सडकमाथिबाट खसेको ढुंगा लागेर उपचारको लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको छ ।

सोमवार (हिजो) दार्चुला–तिंकर सडकखण्ड अन्र्तरगत ब्याँस गाउँपालिका वडा नं–२ आतुङ्ती क्षेत्रमा दिउँसो २ बजेतिर सडक माथीबाट खसेको ढुङ्गा लागेर डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर–६ का २२ वर्षीय धनप्रसाद डागी गम्भिर घाईते हुनुभएको थियो ।

घाईते डागीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याउने क्रममा हिजो बेलुकी ६ः३० बजेतिर बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

आज मंगलवार दोलखाको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरक्षार्थ खटिएर पहिरोमा परि निधन भएका लेकम गाउँपालिका वडा नम्बर–४ टकनाका सैनिक जवान नरेन्द्र बहादुर पालको शव ल्याएको हेलिकप्टरले डागीको शव दार्चुलाबाट सुर्खेत लैजाने र त्यहाबाट डोल्पा लगेर आफन्तलाई बुझाउने बताइएको छ । तिंंकर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।

मृतक डागीको शवको पोष्टमार्टम गरी जिल्ला अस्पताल दार्चुलामा राखिएको र कागजी प्रक्रिया पुरा गरेर सम्बन्धित ठाउँमा पठाइने नेपाली सेनाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?