मनसुन प्रकिया लम्बियो, दशैंको टीका अघिसम्म पनि पूर्णरुपमा बाहिरिने सम्भावना कम

दार्चुला । नेपालमा यस वर्षको मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक अर्थात (आज) हो । तर हालसम्म देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।

मौसमविद प्रतिभा मानन्धरले अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको बताउनुभयो ।

सुदूरपश्चिमका जिल्लाहरुमा भने यसै हप्ताबाट मनसुन बाहिरिन सुरु गरे पनि कोशी प्रदेशमा भने दशैंको टीकाको दिनसम्मै मनसुन कायम रहने सम्भावना छ । यस वर्षको दशैंको टीका असोज २६ गते अर्थात् अक्टुबर १२ तारिकमा छ । मैसमविद्का अनुसार सुदूरपश्चिमका जिल्लामा भने मनसुन छिट्टै बाहिरिन सुरु हुने सम्भावना छ ।

 

सुदूरपश्चिममा आगामी शनिबारदेखि मनसुन बाहिरिन सुरु हुनेछ । तर पूरै नेपालबाट बाहिरिने सम्भावना भने अक्टुबर दोस्रो हप्तातिर मात्रै रहेको मौसमविदको भनाइ छ ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । तर यस वर्षको मनसुन सरदर मिति (जुन १३) भन्दा तीन दिन छिटो ९जुन १० अर्थात् जेठ २८ (गते) नेपाल भित्रिएको थियो

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?