दार्चुलामा नयाँ डिएसपी दाहाल हाजिर

दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहाल हाजिर हुनुभएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा बनेपा, काभ्रेपलाञ्चोकबाट सरुवा भएका दाहाल विहिवार (आज) कार्यालयमा हाजिर हुनुभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

डिएसपी दाहालले आजै राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा पुर्जा,अर्चना समेत गर्नुभएको छ । डिएसपी दाहाललाई कार्यालयमा स्वागत गरिएको सूचना अधिकारी रावतले बताउनुभयो । दार्चुलामा शान्ती सुरक्षा,एंव अपराधिक क्रियाकलापहरु नियन्त्रणमा खटिएर काम गर्ने डिएसपी दाहालले प्रतिवद्धता जनाउनुभएको छ ।

यसअघि दार्चुला प्रहरीको (डिएसपीको) जिम्मेवारी सम्हालेका शिव बहादुर सिंहको अशोज ८ गते नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाडौँ सरुवा भएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?