दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलामा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर –७ बोहरीगाँउ (आम्काठाकी) ६५ वर्षीया धौली देवी जोशीको भिरबाट लडेर उपचारका लागि धनगढी लैजादै गर्दा गयराती डडेल्धुराको भात्काडामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

आईतवार (हिजो) घर नजिकैको खरफागलामा खर काट्ने क्रममा जोशी भिरबाट लडेर गम्भिर घाईते हुनुभएको थियो । मृत्तक जोशीका श्रीमान,छोरा, बुहारी रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?