दार्चुलामा चाडपर्व लक्षित सुरक्षा योजना लागू, ४ सय १० प्रहरी परिचालन

दुर्गाादत्त मिश्र, दार्चुला । दार्चुलामा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाले सुरक्षा योजना तयार गरेर आईतवार (हिजो) बाट लागू गरेको  प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।

चाडपर्वको बेलामा जिल्लाभरीका ४ वटा इलाका प्रहरी कार्यालय र ३७ वटा प्रहरी युनिटबाट गरी ४१० जना प्रहरी परिचालन गरिएको उहाले बताउनुभयो । जिल्लाका विभिन्न क्षेत्रमा सादा तथा बर्दिधारी गरि उक्त संख्यामा प्रहरी परिचालन गरिएको बताइएको छ ।

प्रहरीले गस्ती पेट्रोलिङका साथै सादा पोसाकमा समेत सुरक्षा प्रदान गर्ने बताइएको छ । यस्तै यात्रुहरुको सहजताका लागि जिल्लाबाट बाहिरिने स्थानमा यात्रु साहयता कक्ष स्थापना गर्नुका साथै जिल्ला छिर्ने नाकामा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ ।

मानिसको भीडभाड हुने स्थानीय बजार, सपिङ मल, गहना पसलहरु सरकारी कार्यालय लगायतका स्थानमा सादा र बर्दिधारी गरी प्रहरी गस्ती शुरू गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?