दार्चुलामा कृषि तथा पशुपन्छी सेवा केन्द्रका दुई भवनहरु भोली उद्धघाटन गरिने

दुर्गादत्त मिश्र, दार्चुला । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) करिडोर कार्यालय डडेल्धुराको आर्थिक सहयोगमा दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा निर्माण सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्रका भवनहरुको मंगलवार (भोली) नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र मिश्रद्धारा उद्धघाटन गरिने भएका छन् ।

शैल्यशिखर नगरपालिकामा निर्माण सम्पन्न भवनको २०८० भाद्र ७ गते २ करोड ६५ लाख ११ हजार ९०३ रुपैयाँमा सिलन्यास गरिएको थियो । भोली मन्त्रालयका सचिव मिश्र तथा शैल्यशिखर नगरपालिकाका नगर प्रमुख विजय सिंह धामीद्धारा विहान ८ बजे शैल्यशिखर नगरपालिकाको कृषि, पशुपन्छी सेवा केन्द्रको भवनको उद्धघाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले जानकारी दिनुभयो ।

कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएपछी  एउटै कार्यालयबाट कृषि र पशुलाई एकिकृत रुपमा प्राविधिक सेवा दिईने समेत अधिकृत बिष्टले बताउनुभयो ।

यस्तै मालिकार्जुन गाउँपालिकाको भवन पनी दिउँसो १२ बजे सचिव मिश्र तथा गाउँपालिका अध्यक्ष हिरा सिंह धामीले उद्धघाटन गर्ने कार्यक्रम रहेको छ । एउटै निर्माण व्यवसायीले सुदूरपश्चिमभरी १० वटा भवनहरुको निर्माण कार्य सम्पन्न गरेको बताईएको छ । जसअन्र्तरगत कैलालीमा २, डोटीमा १, डडेल्धुरामा ४, बैतडीमा १ र दार्चुलामा २ गरी १० वटा भवनहरु निर्माण भएका छन् ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?