पस्ती आधारभूत अस्पतालको पुर्वमन्त्री ठगुन्नाद्धारा उद्धघाटन

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा वडा नम्बर –८ (भौरकोटमा) नवनिर्मित १० सैयाको पस्ती आधारभूत अस्पतालको सविधान सभा सदस्य एंव पुर्वमन्त्री गणेश सिंह ठगुन्नाले उद्घाटन गर्नुभएको छ ।

आज एक कार्यक्रमका बिच पुर्वमन्त्री ठगुन्नाले नवनिर्मित अस्पताल भवनको  उद्धघाटन गरेको मालिकार्जुन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर ठगुन्नाले जानकारी दिनुभयो ।

भवन उद्धघाटन समारोहमा गाउँपालिका अध्यक्ष हिरा सिंह धामी, उपाध्यक्ष कल्यान सिंह धामी, प्रशासकीय अधिकृत नर बहादुर ठगुन्ना, वडा अध्यक्षहरु, पालिकाका शाखागत कर्मचारीहरु, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी एंव सरोकारवालाको उपस्थिति रहेको थियो ।

२०७८ सालमा ७ करोड बजेटमा ब्रहडेप्लोवर्ष प्रालीले भवन निर्माणको सम्झैता गरि केहि समय पहिले निर्माण कार्य सम्पन्न गरेको थियो । भौरकोटमा १० सैयाको आधारभूत अस्पताल सञ्चालनमा आएपछी मालिकार्जुनवासी  खुशी भएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?