आज फूलपातीः घर–घरमा भित्र्याइँदै

दार्चुला । असोज शुक्ल सप्तमीका दिन आज दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती भित्र्याइँदै छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ ।

हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष एवम् धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमले बताउनुभयो । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने उहाँको भनाइ छ । दार्चुलामा पनी दशैँको रौनकता छाएको छ ।

यस वर्षको दशैँको टिकाको साईत अशोज २६ गते शनिवार विहान ११ बजेर ३६ मिनेटमा रहेको छ । यद्यपी दशैँभरी जुनसुकै बेला पनी टिका ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?