दार्चुला । असोज शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी र नवमीका दिन मनाइने महानवमी पर्व शुक्रवार (आज) एकै दिन परेको छ । महाअष्टमी र महानवमी पर्व विशेष पूजा गरी मनाईंदैछ ।
बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा गर्ने प्रचलन रहेको छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा दुर्गा भवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।
आजैका दिन र राति कालरात्रीको विधि र पूजासहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र सङ्कल्प समेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । आजका दिन देशभरीका विभिन्न शक्तिपिठहरुमा पूजा अर्चना गर्ने गरिएको छ । सुदूरपश्चिमको दार्चुला, बैतडीका केहि ठाउँमा हिजो नै महाअष्टमी तिथि मानिएको छ । नवरात्रा अन्र्तरगत घटस्थापनका दिनबाट मठ मन्दिरहरुमा थापिएका जमराहरु र्चकाएर मन्दिरहरुमा चढाइएको छ ।
भोलीे दशैँको टिकाको साईत विहान ११ बजेर ३६ मिनेटमा रहेको छ । यद्यपी दिनभरी नै जुनसुकै बेला पनी टिका ग्रहण गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया