दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले बडा दशैँ अन्र्तरगत महाअष्टमी तथा महानवमीको अवसरमा शुक्रवार (आज) मौलो पूजा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको प्रमुख आतिथ्यता, एंव कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थितिमा पण्डितद्धारा महानवमीको सकल्प साइत ग्रहण गर्दै कार्यालयमा मौलो पूजा सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एंव सूचना अधिकारी कान्तिराज जोशीले जानकारी दिनुभयो ।
नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचैन कायम राख्ने जस्तो संवेदनशील कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्टदेवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ । सङ्गठनको कार्य सम्पादनमा कुनै किसिमको अनिष्ट नहोस् र कार्यमा सफलता प्राप्त होस् भनी निशान झण्डालाई पूजा गर्ने परम्परा रहि आएको छ ।
नेपाल प्रहरीले विक्रम संवत् २०११ सालमा निशान झण्डा प्राप्त गरेको थियो । झण्डा प्राप्त गरेदेखि हरेक वर्ष बडादशैँ र चैतेदशैँमा मौलो पूजा गर्ने गरिएको छ । दार्चुलाका विभिन्न प्रहरी युनिटहरुमा पनी आजै मौलो पूजा गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया