माग सम्बोधन गर्ने सहमतिपछि व्याँस गाउँपालिकाको ताला खुल्यो

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका कार्यालय सुनसेरामा १० दिन देखि गरिएको तालाबन्दी सोमबार (आज) खुलेको छ । विभिन्न माग राख्दै गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी निकटका वडाध्यक्ष लगायत जनप्रतिनिधि, स्थानीय, नेता तथा कार्यकर्ताले गत भदौ २६ गते ताला लगाएका थिए । गाउँपालिकामा लगाइएको तालाका कारण सेवाग्राही समस्यामा पर्नुका साथै कामकाज ठप्प भएपछि ताला खुलाइएको हो ।

दुबै पक्षबिच छलफल पश्चात गाउँपालिकामा लगाएको ताला खोल्ने विषयमा आइतबार सहमति भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेखरचन्द्र ओझाले जानकारी दिनुभयो । तालाबन्दी गर्ने पक्षका माग सम्बोधन गर्न गाउँपालिका तयार भएपछि ताला खोल्ने सहमति भएको बुझिएको छ ।

वडा नं ३ तुसरपानीमा पहिराले घरहरु जोखिममा परेपछि त्यहाँका स्थानीयवासीले खरछानो मुक्त कार्यक्रम अन्तर्गत ल्याइएको जस्तापाता प्रयोग गरेर बसेका थिए । गाउँपालिकाले खरछानोमुक्त कार्यक्रमको जस्तापाता प्रयोग भएको भन्दै अपुग जस्तापाता खरिद गर्ने उद्धेश्यले वडा नं ३ का पाँचवटा योजना कटौती गरेर साढे चार लाख बजेट रकमान्तर गरेपछि गाउँपालिकामा विवाद बल्झिएको थियो ।

वडा नम्बर ३ का जनप्रतिनिधि, नेकपाबाट निर्वाचित वडाअध्यक्ष र नेकपाका नेता, कार्यकर्ताले योजनाको रकमान्तर गर्ने निर्णय फिर्ता लिनुपर्ने, वडासमितिको अधिकार कुण्ठित हुने गरी बनाइएको उपभोक्ता गठनसम्बन्धी कार्यविधि २०७५ खारेज हुनुपर्ने, कोभिडको बेला भएको खर्च पारदर्शी हुनुपर्ने, गाउँपालिकामा कार्यकर्ता भर्ती बन्द गर्नुपर्नेलगायतका माग राखी तालाबन्दी गरेका थिए ।

गाउँपालिकामा तालाबन्दी गरिएपछि गाउँपालिकाको दैनिक कामकाज १० दिनसम्म बन्द रहेको थियो । गाउँपालिकाले गर्नुपर्ने दैनिक कामकाजहरु प्रभावित भएपछि सेवाग्राही जनताहरु समेत मार्माका परेको भन्दै दुबै पक्षको सहमतिमा ताला खुलाइएको छ ।

गाउँपालिकामा लागेको ताला खुलेसंगै सोमबार (आज) देखि गाउँपालिकाका नियमित काम र सेवाहरु सुचारु भएको प्रमुख प्रशासकिय अधिकृत ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?