एमालेद्वारा दुहुँमा शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाट, उप-निर्वाचन जित्ने अठोट

दार्चुला । दार्चुलामा नेकपा (एमाले) ले शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सुरू गरेको छ । एमाले दुहुँ गाउँकमिटीद्वारा आयोजित बडादशैं, दिपावली, नेपाल संम्बद र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम दुहुँ गाउँपालिका वडा नम्बर ५ चल्लेगाडामा सम्पन्न भएको हो ।

शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने वक्ता र सहभागीहरूले चाडपर्वहरूको शुभकामना व्यक्त गर्दै दुहुँ गाउँपालिका वडा नम्बर ५ मा मङ्सिर १६ गते हुने वडाअध्यक्ष पदको उपनिर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराउने अठोट गरेका छन् ।

एमाले दुहुँ गाउँकमिटी अध्यक्ष उदयसिंह बडालको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्यहरू नगेन्द्र तिंकरी, गौरी बडाल, प्रेमसिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, उपाध्यक्ष परमानन्द जोशी, सचिव उमेशराज जोशी, दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडाल लगायत नेता कार्यकर्ताहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले चाडपर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै कार्यकर्तालाई समाज र जनताको हितमा काम गर्न सुझाव दिनुभयो । दुहुँ-५ मा मङ्सिर १६ गते हुने वडाअध्यक्षको निर्वाचन एमालेका लागि महत्त्वपूर्ण रहेको बताउदै निर्वाचनमा जित सुनिश्चित गर्न सबैले लाग्न निर्देशन दिनुभयो । सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेको विकल्प नरहेकोले एमालेको पक्षमा बहुमत जुटाउन सबै वडातहबाटै एमालेलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । पछिल्लो समय स्थापना भएका पार्टीहरूलाई नौटंङ्की पार्टीको संग्या दिदै उहाँले एमालेबाहेक कुनै पनि राजनीतिक दलसंग राष्ट्र निर्माणको भिजन नभएको बताउनुभयो ।

यस्तै एमाले जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्तीले शुभकामना आदानप्रदान, कार्यकर्ता भेटघाटसंगै कार्यकर्ताका भावना, चाहाना बुझ्दै पार्टीले थप कार्ययोजना तयार गर्ने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । एमालेलाई निर्वाचन हार्ने छुट नभएको भन्दै मङ्सिर १६ गते वडाअध्यक्षको निर्वाचन एमाले उम्मेदवारले जित्ने गरि क्रियाशील हुन सबैलाई अनुरोध गर्नुभयो । स्थानीय सरकारले जनताका समस्या समाधान र रोजगारी तथा स्वरोजगारी सिर्जनातर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

यस्तै दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले विगतको सरकारभन्दा अहिलेको सरकारले धेरै जनमुखी र विकास निर्माणका कामहरू गरिरहेको बताउदै एमालेबाट निर्वाचित वर्तमान सरकारले गरिरहेका कामहरू जनतासम्म पुर्याउन अनुरोध गर्नुभयो । दुहुँबासीका समस्या समाधान गर्न गाउँपालिका तत्पर रहेको उहाँको भनाइ छ ।

कार्यक्रमका सबै वक्ताहरूले सबै चाडपर्वको अवसरमा शुभकामना व्यक्त गर्दै दुहुँ-५ मा मङ्सिर १६ गते हुने वडाअध्यक्ष पदको उपनिर्वाचन एमाले उम्मेदवारले जित्ने गरि सबैले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

एमालेले कार्तिक २ गते (भोलि) व्याँस गाउँपालिकामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गर्ने कार्यतालिका छ । १ गतेदेखि ९ गतेसम्म १/१ दिन एमालेले दार्चुलाका सबै पालिकामा कार्यक्रम आयोजना गर्ने गरि समयतालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?