दार्चुला । सुनको भाउले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो ।
आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो र अस्ति पनि सुनको भाउले कीर्तीमान कायम गरेको थियो । हिजो सुनको भाउ तोलको एक लाख ६२ हजार चार सय रुपैयाँ रहेको थियो ।
यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५० रुपैयाँमा थियो । नेपाली बजारमा सुनको भाउँ दिनानुदिन नयाँ कीर्तीमान बनाइरहेको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया