दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा आजबाट दुई दिने निशुल्क आँखा शिविर सुरु भएको छ ।
अपिहिमाल गाउँपालिका र भिजन टुगेदर नेपालको संयुक्त आयोजनामा तथा च्यारीटी, दृष्टि आई फाउन्डेसन र हिमालयन आई प्रोजेक्टको सहयोगमा कार्तिक २ गते (आज) र भोली दुई दिन आँखा शिविर सञ्चालन हुने अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।
शिविरको पहिलो दिन आज कुल ८३ जनाले दृष्टि बिषेशज्ञ ऐनेस्थेसिया शान्ता शेर्पा र ओटी मनिश खतिवडाबाट आँखा जाच गराएको बताइएको छ ।
जसमध्ये २० जनाको आजै दृष्टि बिषेशज्ञद्धारा आँखाको शल्यकृया गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावलले जानकारी दिनुभयो । शिविर भोलीपनी सञ्चालन हुने भएकाले आँखा सम्बन्धि विरामीलाई सेवा लिन अपिल गरिएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया