एमालेद्वारा महाकाली नगरपालिकामा शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाट सम्पन्न

दार्चुला । दार्चुलामा नेकपा (एमाले) ले सबै स्थानीय तहमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम गरिरहेको छ । विहिबार दुहुँ गाउँपालिकामा, शुक्रबार व्याँस गाउँपालसकामा कार्यक्रम सम्पन्न गरेको एमालेल  शनिबार (आज) महाकाली नगरपालिकामा पालिका स्तरीय कार्यक्रम सम्पन्न गरेको छ ।

महाकाली नगरकमिटीद्वारा आयोजित बडादशैं, दिपावली, नेपाल संम्बद र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नगरकमिटी अध्यक्ष खडक सिंह महरको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश लेखा समिति संयोजक राजेन्द्र सामन्त, प्रदेश कमिटी सदस्यहरू हिरादेवी अवस्थी, प्रेमसिंह धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, उपाध्यक्ष परमानन्द जोशी, महाकाली नगरपालिका प्रमुख नरसिंह चैसीर लगायत जिल्ला र पालिका स्तरीय नेता कार्यकर्ताहरूको आतिथ्यता रहेको थियो ।

शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने वक्ता र सहभागीहरूले चाडपर्वहरूको शुभकामना व्यक्त गर्दै पार्टी कमिटी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि मिलेर कार्यकर्ता र जनताका समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । पार्टी संगठन सुदृढीकरण र शुद्धीकरणको काममा सबैले निरन्तर लाग्नुपर्ने नेताहरूको भनाइ छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले दशैं, तिहार, छठ लगायत चाडपर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै कार्यकर्तालाई समाज र जनताको हितमा काम गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्नुभयो । “एमालेलाई जबसम्म एकल बहुमतसहितको बलियो राष्ट्रिय शक्ति बनाउन सक्दैनौं तबसम्म राष्ट्र र जनताका समस्या समाधान गर्न सक्दैनौं उहाँले भन्नुभयो, सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेको विकल्प छैन् ।” हरेक वडा र पालिकामा सक्रिय सदस्य बढाउदै एकढिक्का, बलियो र सुदृढ एमाले बनाउन उहाँले वडा र पालिका कमिटीलाई निर्देशन दिनुभयो । पालिकामा जनताका आधारभूत समस्या समाधान गर्दै स्वरोजगारी सिर्जनातर्फ ध्यान दिन जनप्रतिनिधिहरूलाई सुझाव दिनुभयो । आजको कार्यक्रममा अपेक्षित उपस्थिति नरहेकोले कार्तिकमै अर्को बैठक राख्ने गरि तयारी गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

भोलि (आइतबार) मालिकार्जन गाउँपालिकाको पस्तीमा कार्यक्रम आयोजना हुने नेकपा (एमाले) दार्चुलाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?