दुर्गादत्त मिश्र, दार्चुला । भिरबाट लडेर गम्भिर घाईते दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर–१ थलाकी ७५ वर्षीया धाना भट्टको उपचारमा सहजताको लागि शैल्यशिखर नगरपालिकाले निशुल्क रुपमा एम्बुलेन्स सहयोग गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका नवनिर्वाचित अध्यक्ष मुकेश पालको विषेश पहल एंव शैल्यशिखर नगरपालिकाको सहयोगमा निशुल्क रुपमा नगरपालिकाको एम्बुलेन्स मार्फत घाईते भट्टलाई थप उपचारको लागि शनिवार (आज) धनगढी पठाईएको घाईतेका छोरा जयानन्द भट्टले जानकारी दिनुभयो ।
भिरबाट लडेर गम्भिर घाईते भट्टको गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछी थप उपचारका लागि नगरपालिकाको एम्बुलेन्स मार्फत आज धनगढी पठाईएको उहाले बताउनुभयो ।
आर्थिक अवस्था दयनिय भएकी भट्टको उपचारका लागि निशुल्क एम्बुलेन्स प्रदान गरि उपचारमा सहजता गरिदिएकोमा उहाका आफन्तहरुले युवा संघ दार्चुला र शैल्यशिखर नगरपालिकालाई धन्यवाद दिएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया