दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाले राष्ट्रिय भलिबल टिमकी खेलाडी निरुता ठगुन्ना र सुदूरपश्चिम प्रदेशका भलीबल टिम क्याप्टेन नवराज धामीलाई सम्मान गरेको छ । शनिवार (हिजो) एक कार्यक्रमका बिच दुबै खेलाडीलाई खादा माला र प्रमाणपत्र सहित गाउँपालिकाले सम्मानित गरेको हो ।
गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहरा, उपाध्यक्ष देवकी देवी बोहरा, प्रशासकीय अधिकृत इन्द्र बहादुर रावल लगायत गाउँपालिकाको टोलीले उक्त खेलाडीहरुलाई सम्मानित गरेको हो ।
दार्चुलाको नौगाड घर भएकी ठगुन्ना राष्ट्रिय भलिबल टिममा आवद्ध छिन् भने शैल्यशिखर नगरपालिका घर भएका नवराज धामी सुदूरपश्चिम प्रदेश भलीबलको टिम क्याप्टेनका रुपमा रहेका छन् ।
दुवै जना खेलाडीलाई हौसला प्रदान गर्न अपि पुगेको बेला सम्मान गरेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानाकरी दिनुभयो । यसअघि दुबै जना खेलाडीलाई गृह पालिकाहरुले नगद सहित सम्मानित गरेको थियो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया