दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नयाँ भवनबाट आयुर्वेद औषधालयको सेवा प्रवाह

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नयाँ भवनबाट आयुर्वेद औषधालयको सेवा प्रवाह सुरू भएको छ । गाउँपालिका कार्यालय नजिकै मालिकार्जु-८ पस्तिमा नवनिर्मित भवनबाट सेवा प्रवाह सुरू भएको हो ।

आयुर्वेद औषधालयबाट अम्लपित्त, बाथरोग, श्वासप्रश्वास (दम), खोकी, अर्शरोग, महिलाहरूको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, महिनावारी हुँदा पेट दुख्ने लगायतका सेवा प्रवाह हुने गरेको शाखा प्रमुख दिवाकर जोशीले जानकारी दिनुभयो । साथै बाथरोगीका लागि स्नेहन स्वेदन, बस्तीकर्म, शिरोधरा, नश्य लगायत थेरापी सेवा समेत प्रवाह हुने गरेको उहाँले बताउनुभयो ।

पस्तीमा आयुर्वेद औषधालय नजिकै प्रदेश सरकारको विशेष अनुदानमा २५० जना अटाउने क्षमताको योग हल समेत निर्माण गरिएको छ ।


प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?