मार्माको निम्ठामा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता भोलीबाट सञ्चालन हुने

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर–६ शेरी निम्ठामा  कार्तिक ५ गते (भोली) बाट प्रथम (पिएचडी) वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सशक्त युवा एकता समाज क्लब मार्माको आयोजनामा युवा अवस्थामै दिंवगत भएका मार्मा गाउँपालिका वडा नम्बर–६ सिरानपानीका स्व. देव सिह धामी, वडा नम्बर ६ गोलेकुडीका स्व.हरक सिह कोट्टारी र वडा नम्बर–६ तल्लाधरेबाजका स्व.प्रताप डडालको सम्झनामा प्रतियोगिता सञ्चालन हुने आयोजक सशक्त युवा क्लब का सचिव दिपेन्द्र सिंह डडालले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ३० हजार शिल्ड र प्रमाण पत्र, द्वितीय पुरस्कार नगद रु १८ हजार शिल्ड र प्रमाणपत्र तथा तृतिय पुरस्कार नगद रु १२ हजार शिल्ड र प्रमाणपत्रको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

भलीबल प्रतियोगिता सोमवार भोलीबाट मार्मा गाउँपालिका वडा नम्बर–६ को शिवलिङ्ग माध्यमिक विद्यालय निम्ठाको प्राङ्गणमा सञ्चालन हुनेछ । यस्तै खेल अवधिभर उक्त क्षेत्रमा मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?