नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा लगाइएको ताला सहमती पछि  खुल्यो

दुर्गादत्त मिश्र, दार्चुला । भन्सार काटैरै ल्याएको समान प्रहरीले बरामत गरेको भन्दै सोमवार (आज) दिउँसो १२ बजेबाट उद्योग वाणिज्य संघ दार्चुलाले गरेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुल साढे २ घन्टापछी खोलिएको छ ।

प्रहरीले भन्सार तिरेर ल्याएको समान बिलका आधारमा फिर्ता गर्ने सहमती गरेपछी पुलमा लगाएको ताला खोलिएको उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष सुरेश सिंह थापाले जानकारी दिनुभयो ।

दार्चुला प्रहरीले हिजो बांगाबगड क्षेत्रका दुई पशलबाट अबैध समान बरामत गरी दुई जना व्यापारीहरुलाई समेत प्रकाउ गरेको थियो । समानसहित प्रकाउ परेका दुबै जनालाई भन्सार कार्यालय बुझाइसकेको र भन्सारले नै बिलका आधारमा समान दिईने वा कार्वाही गर्ने एकिन गर्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?