नेपाल प्रहरीका (एआइजी) राम दत्त जोशीलाई मार्मा गाउँपालिकामा स्वागत

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर–३ रील घर भएका नेपाल प्रहरीका अतिरिक्त प्रहरी निरीक्षक (एआइजी) राम दत्त जोशीलाई मार्मा गाउँपालिकामा स्वागत गरिएको छ ।

सोमवार (हिजो) गाउँपालिकामा एक कार्यक्रमको आयोजना गर्दै (एआइजी) जोशीलाई गाउँपालिका उपाध्यक्ष शर्मीला कुमारी चन्द सिंह, प्रशासकीय अधिकृत धमेन्द्र जोशी गाउँपालिकाका कर्मचारी, प्रहरी लगायत स्थानीयले दोसल्ला र अबिर मालाले स्वागत गरेका हुन् ।

दार्चुलाको मार्मामा जन्मिएर कार्यसम्पादनकै आधारमा नेपाल प्रहरीको प्रहरी निरीक्षक (एआइजी) जस्तो उच्च ओहोदामा पुगेका जोशीको सर्मपण र सेवाले समुदायलाई सुरक्षित र समृद्ध बनाउने विश्वास गरिएको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धमेन्द्र जोशीले बताउनुभयो ।

जोशीलाई गृह मन्त्रालयले २०८० श्रावण ७ गते प्रहरीको अतिरिक्त प्रहरी निरीक्षक (एआइजी) मा बढुवा गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?