मालिकार्जुनको औतालेकमा पहिरो नियन्त्रण तथा मन्दिर निर्माण हुने, सांसद वडूसहित मन्त्रालयको टोली हुनैनाथमा

दुर्गादत्त मिश्र, दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–४ मा अवस्थित हुनैनाथ मन्दिर (औतालेक) मा  पहिरो नियन्त्रण तथा मन्दिर निर्माण हुने भएको छ ।

संघिय सरकार अन्र्तरगत बन तथा भु–संरक्षण मन्त्रालयको एक करोड बजेटमा पहिरो नियन्त्रण तथा पूर्वाधार विकास कार्यालयको एक करोड बजेटमा हुनैनाथ मन्दिर निर्माण हुने भएको छ ।

मंगलवार (हिजो) दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सांसद विक्रम सिंह धामी, मालिकार्जुन गाउँपालिकाका निर्वतमान गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी , सम्बन्धित मन्त्रालय तथा कार्यालयका प्रमुख, इन्जिनियर, स्थानीय समाजसेवी वुद्धिजिवी, समाजसेवी, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी वडा नम्बर–४ का वडा अध्यक्ष धनसिंह धामी, पत्रकार लगायत सरोकारवालाहरुको उपस्थितिमा स्थलगत अनुगमन एंव (डीपीआर) निर्माणबारे आवश्यक छलफल भएको नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका सभापती किशन सिंह सामन्तले जानकारी दिनुभयो ।

मन्त्रालय तथा कार्यालयबाट डिपीआरको लागि आएको प्राविधिक टोलीलाई स्थानीयले पहिरो नियन्त्रणको जगबाटै दिगो तरीकाले काम सञ्चालन गरिदिन अपिल गरेका छन् ।

यस्तै आज मालिकार्जुनकै बाकुँमा कुजानी भिर बाटोको (डीपीआर) को लागि छलफल हुने बताइएको छ । बाकुँको कुजानी भिर बाटो निर्माणको लागि पनी संघिय सरकार अन्र्तरगत एक करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?