राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको कार्यालय उद्घाटन भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल दार्चुलाका संयोजक सुरेन्द्र बमको अध्यक्षता तथा नेकपा सुदूरपश्चिम प्रदेश कमिटि सदस्य एबं मार्मा गाउँपालिका अध्यक्ष जमनसिह धामीको प्रमुख आतिथ्यतामा कार्यालय उद्धघाटन गरिएको हो ।

कार्यालय उद्घाटन कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य दिपक राज जोशी, नेकपा दार्चुलाका सचिब उदयसिह बडाल, कार्यालय सदस्य चरनसिह बुढाथोकी, प्रचार विभाग प्रमुख खडक बडाल, नेकपा दार्चुलाका नेताहरु धन बहादुर कुवँर, गौरी बडाल, खडक सिह धामी, नरसिह चैसीर, नेकपा लेकम गाउँपालिका कमिटि अध्यक्ष पुष्पराज जोशी, मार्मा गाउँपालिका कमिटि अध्यक्ष एबं राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य नर बहादुर बिष्ट, राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य नरेश गिरी, अनेरास्ववियु केन्द्रिय कमिटि सदस्य खेमराज जाेशी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागि नेताहरुले राष्ट्रिय युवा संघ नेपाललाई एकताबद्ध बनाएर अगाडी लैजान पार्टीको भूमिका हुने र भोलि पार्टीको भविष्य उज्जल बनाउन युवा नेताहरुको भूमिका महत्तपूर्ण हुनुपर्ने धारणा ब्यक्त गरेका छन् । दार्चुलामा राष्ट्रिय युवा संघको सह संयोजक छिटै टुगों लाग्ने र युवा नेताहरुले जनहितकारी सार्वजनिक काम र संगठन विस्तारमा केन्द्रित हुनुपर्ने पार्टी नेताहरुले सुझाब दिएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?