नौगाड गाउँपालिका अध्यक्ष धामीद्वारा पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीलाई स्वागत

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामीले पूर्वमन्त्री एवम् नेकपा (एमाले) पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्ना नेतृत्वको टोलीलाई स्वागत गर्नुभएको छ ।

बुधबार (आज) नौगाड गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय तथा अध्यक्ष धामीको कार्यकक्षमा पूर्वमन्त्री ठगुन्ना नेतृत्वको टोलीलाई स्वागत गरिएको हो । चाडपर्व लक्षित शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाटका क्रममा पूर्वमन्त्री ठगुन्नासहित एमाले केन्द्रीय सदस्य हरदेब जोशी, नौगाड गाउँपालिका पूर्वअध्यक्ष एवम् एमाले प्रदेश कमिटी सदस्य प्रेमसिंह धामी, एमाले दार्चुलाका उपसचिव कर्णबहादुर खडायत लगायतलाई नौगाड पुगेको अवसरमा अध्यक्ष धामीले स्वागत गर्नुभएको हो ।

शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाट कार्यक्रमका लागि एमाले केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरू नौगाड पुगेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?