एमालेद्वारा नौगाडमा शुभकामना आदानप्रदान र कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

दार्चुला । नेकपा (एमाले) ले बुधबार (आज) नौगाड गाउँपालिकामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नौगाड गाउँकमिटीद्वारा आयोजित बडादशैं, दिपावली, नेपाल संम्बद र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम होपरीगाडमा सम्पन्न भएको हो ।

कार्यक्रममा नौगाड गाउँकमिटी अध्यक्ष ललित सिंह ठगुन्नाको अध्यक्षता तथा एमाले पोलिटब्युरो सदस्य, दार्चुला इन्चार्ज तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य हरदेब जोशी, प्रदेश कमिटी सदस्य प्रेमसिंह धामी, प्रदेश कमिटी सदस्य तथा नौगाड इन्चार्ज लालबहादुर धामी, जिल्ला कमिटी अध्यक्ष ज्ञानेन्द्र घर्ती, उपाध्यक्ष परमानन्द जोशी, उपसचिव कर्णबहादुर खडायत लगायत जिल्ला र पालिका स्तरीय नेता कार्यकर्ताहरूको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य गणेश सिंह ठगुन्नाले पार्टी संगठन सुदृढीकरण र शुद्धीकरणको काममा सबैले निरन्तर लागेर २०८४ को चुनावमा एकल बहुमत कायम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । सुखी नेपाली, समृद्ध नेपाल निर्माणका लागि एमालेले राष्ट्रियताको रक्षा, ग्रामीण विकास निर्माण, सामाजिक सुरक्षा लगायत तीन वटा पिल्लर तयार गरेको बताउदै अबको लक्ष्य आत्मनिर्भर अर्थतन्त्रको निर्माण तथा स्वरोजगारी सिर्जना रहेको र जसका लागि एकल बहुमत जनताले दिनुपर्ने उहाँको भनाइ छ । पार्टी संगठन निर्माण र एमालेको नीति कार्यान्वयनका सन्दर्भमा नेता ठगुन्नाले जनप्रतिनिधि र कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्ने सबै वक्ता र सहभागीहरूले चाडपर्वहरूको शुभकामना सन्देश व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?