दार्चुलाको एक होटलमा भारतीय नागरिक मृत फेला

दुर्गादत्त मिश्र, दार्चुला । जिल्ला सदरमुकाम खंलगास्थित ब्यास भ्याली होटल एण्ड लजमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् ।

शनिवार (हिजो) साँझ बास बस्न होटलमा आएका भारत पिथौरागढ जिल्ला ग्राम धूरा बलुवाकोट तहसील धारचूलाका ३२ वर्षीय कुन्दन सिंह रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र बहादुर रावतले जानकारी दिनुभयो ।

आइतवार बिहान ८ बजेतिर होटलमा रावत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी खटिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?