पार्टी सभापति रवि लामिछाने प्रकाउको विरोधमा दार्चुलामा रास्वपाको विरोध र्‍याली

दुर्गादत्त मिश्र, दार्चुला । पार्टी सभापति रवि लामिछानेलाई प्रकाउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले आईतवार (आज) जिल्ला सदरमुकाममा खलंगामा बिरोध र्‍याली निकालेको छ ।

पार्टी सभापति रवि लामिछानेलाई सरकारले विना कारण पक्राउ गरेको भन्दै विरोधस्वरुप सशक्त शान्तिपूर्ण विरोध र्‍याली निकालिएको राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका जिल्ला सभापती गोपाल सिंह कोट्टारीले जानकारी दिनुभयो । सदरमुकामको बाङ्गाबगड जीप पार्क क्षेत्रबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै पुलघाटमा कोणसभा गरिएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री केन्द्रिय सदस्य, भोज राज जोशी  ले पार्टी सभापति लामिछानेलाई राजनितीक प्रतिशोधका आधारमा प्रकाउ गरेको दावी गर्दै एउटा नागरीकमाथी सरकारले गरेको अन्याय विरुद्ध एकेवद्धता जनाउदै विधिको शासन स्थापना गर्न आन्दोलनमा उत्रीनुपरेको बताउनुभएको छ ।  विरोध र्‍यालीमा जिल्लास्थित नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?