बैतडीमा पासोमा परि एक चितुवाको मृत्यु

दार्चुला । बैतडीकोे पाटन नगरपालिका वडा न. ८ को ज्याफु जंगलमा अन्दाजी ७ बर्षको चितुवा मृत अवस्थामा फेला परेको छ ।

चितुवा पासोमा झुन्डीएको अवस्थामा फेला परेको हो ।

वनभित्र सडेको अवस्थामा चितुवा मृत फेलापरेको डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीले जानकारी दिनुभयो ।

पासोमा झुण्डीएको अवस्थामा मृत भेटिएको चितुवालाई डिभिजन कार्यालय बैतडीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

चितुवा सडेको अवस्थामा रहेकाले दुई तीन दिन अगाडि नै मरेको हुनसक्ने प्रहरीले जनाएको छ । मृत चितुवलाई मुचुल्कागरि गाडीने तयारि भइरहेको डिभिजन वन कार्यालयका प्रमुख केशव पराजुलीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?