बैतडीको सित्तड सलेनामा भिरबाट लडेर एक महिलाको मृत्यु

दुर्गादत्त मिश्र, दार्चुला । बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–६ सित्तड सलेना, (भु–गाउँ) की ३२ वर्षीया देवकी भुलको बिहिवार (आज)  ४ बजेतिर खर काट्ने क्रममा स्थानीय लेक भिरबाट लडेर घटनास्थलमै ज्यान गएको सलेनाबाट स्थानीय गज बहादुर गोयलाले जानकारी दिनुभयो । मृत्तक भुलका दुई छोरा रहेका छन् ।

उहाका श्रीमान भने रोजगारको सिलसिलामा मलेसिया रहेको बताइएको छ । चाडपर्वको मुखैमा भुलको अकल्पनिय निधनले सिंगो सित्तड सलेना गाउँ स्तब्ध भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?